किशोरीहरूलाई आवाज उठाउन सहयोग गर्नुहोस्ः तिनीहरूको अर्जीपत्रमा हस्ताक्षर गर्नुहोस् ।
विश्वव्यापी रूपमा हामी विशाल डिजिटल परिवर्तनको सामना गरिरहेका छौं । अनलाइनमा गलत जानकारी फैलिरहनु हाम्रो समयको एउटा जटिल समस्या हो । यसले हामी सबैलाई असर गर्छ । तर किशोरीहरूको लागि भने यसको असर विनाशकारी छ ।
गलत जानकारीले जीवनमा धेरै असर गर्छ । यो खतरनाक छ । यसले किशोरीहरूको मानसिक स्वास्थ्यमा असर पार्छ र पछि हट्न बाध्य बनाउंछ ।
किशोरीहरू अनलाइनमा फैलिएको गलत जानकारीको समाधान चाहन्छन् । अनि सबै बालबालिकालाई डिजिटल साक्षरता सीप सिकाइएको हेर्न चाहन्छन्। यो एउटा महत्त्वपूर्ण कदम हो।
बालबालिकालाई अहिले डिजिटल साक्षरताबारे सिकाउन सरकारलाई आह्वान गर्दै किशोरीहरूको अर्जीपत्रमा हस्ताक्षर गर्नुहोस्।
तपाईंको नाम थप्नु भएकोमा धन्यवाद।
व्यापक विश्वव्यापी समर्थनको लागि धन्यवाद, झुटा जानकारी अनलाइन फैलाउन विरुद्ध लड्न राष्ट्रिय सरकारहरूलाई डिजिटल साक्षरतामा शिक्षा दिन बालिकाहरूको निवेदनले १४९ देशहरूबाट ४९,५२४ हस्ताक्षरहरू प्राप्त गर्न सफल भएको थियो।
केटीहरूले आफ्नो आवाज सुनाइ दिनु भयो। तर यो सुरक्षित र हिंसामुक्त अनलाइन संसार सुरक्षित गर्ने पहिलो चरण मात्र हो।
केटीहरू #FreeToBeOnline हुनु सबैले भूमिका खेल्नुपर्छ – हामी अनलाइन हिंसा, गलत/विकृत जानकारीलाई सम्बोधन गर्न र सबैका लागि समावेशी अनलाइन ठाउँहरू सुनिश्चित गर्न प्राथमिक जिम्मेवारी र शक्ति भएका सरकारहरूलाई आह्वान गर्न जारी राख्नेछौं।
हाम्रोलाई आवाज उठाउन मद्दत गर्नुहोस् ।

हामी प्लान इन्टरनेशनलसँग अनलाइनमा गलत जानकारी फैलाउने विषयमा कुरा गर्ने २६,००० किशोरीहरूको प्रतिनिधित्व गर्छौं । यसबाट १० मध्ये नौ जना बालिकालाई हानी पुगेको छ ।
हामी संसारभरिका सरकारहरूलाई अहिल्यै कदम चाल्न आह्वान गर्दैछौं।
हरेक दिन हामी आफ्नो शरीर, हामी को हौं र हामीले कस्तो व्यवहार गर्नुपर्छ भन्ने विषयमा झूट र रुढीबाढी धारणा देख्छौं।
हामीलाई लाजमा पार्न भिडियो र तस्बिरहरू छलकप गरिएका छन् । कोभिड भ्यासिनको बारेमा झुटो तथ्यहरु फैलिरहेका छन् । अनि हामी देख्छौं कि हाम्रा आदर्श महिला नेताहरूको नेतृत्वलाई अफवाह र षड्यन्त्रका सैद्धान्तिक बनाएर हामीलाई कमजोर बनाएको छ ।
झूटो जानकारीले हामीलाई आफ्नो महत्त्व माथि शंका गर्न बाध्य गराउँछ। । यसले हाम्रो मानसिक स्वास्थ्यलाई हानि पुर्याउँछ । यसले राजनीतिमा हाम्रो भरोसालाई असर गर्छ। अनि सबैभन्दा महत्तवपूर्ण कुरा, यसले हामीलाई आफ्नो क्षमता हासिल गर्नदेखि रोक्छ ।
विशेष गरी यस महामारीले हाम्रो जीवनलाई अनलाइन मोडेपछि यो समस्या दिनदिनै बढिरहेको छ।
अहिले! हामी एक्लैले यसको सामना गर्न बाध्य भएका छौं ।
हामी सरकारलाई डिजिटल साक्षरतामा हामीलाई र सबै बालबालिकालाई शिक्षित गर्न तत्काल आग्रह गर्दैछौं। किशोरीहरूले गलत कुराबाट के सत्य हो भन्ने कुरा छुटाउन सक्नु पर्छ। अनि सबै युवाहरूले जानकारीमा प्रश्न उठाउन र तथ्यहरू थाहा पाउन सक्नुपर्छ । यो एउटा अत्यावश्यक कदम हो ।
इन्टरनेट मार्फत हामी सिक्न, साथी बनाउन, आफ्नो विचार, प्रतिभा व्यक्त गर्न, रमाइलो गर्न र नयाँ क्षितिज पत्ता लगाउन सक्छौं तर हामी पछि हटिरहेका छौं !
हामीलाई सत्य खोज्न र फैलाउन मदत गर्ने शक्ति उहाँहरूको हातमा छ ।
हाम्रो आवाज उठाउन मद्दत गर्नुहोस्! कृपया हाम्रो निवेदनमा हस्ताक्षर गर्नुहोस्।
मारिया, १७, बोलिभिया; कुम्कुम, १६, भारत; नुरिया, १८, पेरू; सान्ड्रा, १६, अमेरिका; नेहा, १९, नेपाल; २१, माली; रोन्जा, २१, फिनल्याण्ड; मञ्जीदाथ, २२, बेनिन, ग्रेडी, २०, मलावी ।